पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचनका लागि विदा दिन आयोगको आग्रह

काठमाडौं, ५ असार । निर्वाचन आयोगले १४ गते दोश्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

सरकारी, अर्धसरकारी कार्यलयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने जनाउँदै ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्र पठाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

यसैगरी आयोगले यही असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी असार ११ देखि १४ गतेसम्म शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई समेत आग्रह गरेको छ ।