पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोखरा पल्टनले जित्यो पी पी एल को उपाधि

पोखरा । पोखरा प्रिमियर लिग पी पी एल टि २० क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ ।

पोखरा रङ्गशालामा मंगलबार सम्पन्न फाईनलमा चितवन राईनोजलाई ४ विकेटले पराजित गर्दै पोखरा पल्टनले उपाधि हात पार्न सफल भएको  थियो ।

पहिलो ब्याटिङ्ग गर्दै चितवन राईनोजले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

चितवन राईनोजका क्याप्टेन पारस खड्काले ३७ बलमा ९ चौकाको मद्दत्तमा ५१ रन प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए ।

यसैगरी, सन्नी पटेलले पनि ४ छक्का र ३ चौका हान्दै ४३ रन बनाएका थिए ।

पोखरा पल्टनले १ सय ६१ रनको विजयी लक्ष्य १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।

पोखरा पल्टनका रवि ईन्द्र सिंहले सर्वाधिक ९० रन बनाउँदै अर्धशतक पुरा गरेका थिए ।

सर्वाधिक रन बनाउँदै पोखराको जितमा निकै मद्दत्त पुर्याउने रवि ईन्द्र सिंह नै फाईनलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको विजेता पोखरा पलटनले उपाधि सहित २७ लाख र उपविजेता चितवन राईनोजले १० लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

उदयमान खेलाडी घोषित भएका पोखरा पल्टनका रशिद खानलाई ५१ हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेएर घोषित भएका पोखरा पल्टनका ललित नारायण राजवंशीले १ लाख १ सय रुपैँया प्राप्त गरे ।

काठमाडौँ रोयल्सका गौरव तोमर उत्कृष्ट ब्याट्स् म्यान र चितवन राईनोजका करण केसी उत्कृष्ट बलर घोषित भए ।

यसैगरी, चितवन राईनोजका शन्नी पटेल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

उत्कृष्ट ब्याट्स् म्यान, उत्कृष्ट बलर र सर्वोत्कृष्ट खेलाडी, तिनै जनालाई मोटरसाईकल पुरस्कार प्रदान गरिएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतियोगिताका प्रवन्ध निर्देशक छुम्बी लामा लगायतले खेलाडीहरुलाई पुरस्कृत गर्नु भएको हाम्रा पोखरा समाचारदाता बाल कुमारी पौडेलले जानकारी दिनु भयो ।