पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिना पछाडि सारियो

काठमाडौं । पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिना पछाडि सारिएको छ । 

आउने मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म सञ्चालन हुने गरी सारिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलाई उदृत गर्दै राससले जनाएको छ ।