पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छः प्रधानमन्त्री

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारकर्मीहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना दिन प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको नेपाल पत्रकार महाँसंघको टोलीसँग प्रधानमन्त्री देउवाले संविधानले सबै वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा सञ्चार जगतको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र, राष्ट्रिय एकता र मेलमिलापको वातावरण सिर्जना गर्न तथा भयमुक्त समाज निर्माणमा पनि पत्रकार जगतको ठूलो भुमिका हुने बताउनु भयो । 

त्यस अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संविधान कार्यान्वयनका लागि हुन लागेको निर्वाचन सफल पार्न सञ्चार जगतले सकारात्मक भुमिका खेल्ने बताउनु भयो ।