पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलोः महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काँङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले काँग्रेस जनताको पक्षमा उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने बताउनुभयो । 

महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण काँङ्ग्रेसको महासमिति बैठक सर्ने पनि जानकारी दिनुभयो ।

महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्नसक्ने उहाँले बताउनुभयो ।