पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेलाडी लामाको प्रतिमा स्थापना गरिने

काठमाडौं । नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ सङ्घले अबको ६ महिनाभित्र लैनचौरस्थित उहाँकै जन्मथलोमा मूर्ति स्थापना गर्ने जानकारी गराएको थियो ।

सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टोलीबाट खेलेका लामाले अन्य विभिन्न अन्तराष्ट्रिय पदकका साथै दक्षिण कोरियाको सोलमा सम्पन्न २४ औँ ग्रीष्मकालीन ओलम्पिकमा काँस्य पदक जित्नु भएको थियो । 

नेपालको इतिहासमा पहिलो पटक जिवित खेलाडीको मूर्ति बन्न लागेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।