पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कराते च्याम्पियनसिपका लागि खेलाडी छनौट

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १५ औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा खेल्ने ५ पुरुष र ४ महिला खेलाडी छनोट गरिएको छ ।

नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएका राष्ट्रिय खेलकुद परिषदले सोमबार जनाएको छ ।

पुरुष खेलाडिमा पर्शुराम बाँस्तोला, विजय श्रेष्ठ, अनिश लामा, आशिष थापा र डिगम्बरप्रसाद पन्तले ईन्डोनेसियाको यात्रा तय गरेका थिए ।

यसैगरि महिला तर्पm चन्चला दनुवार, कुसुम खड्का, मनीषा चौधरी र सनी तामाङ ईन्डोनेसियाका लागि छनोट हुन सफल भए ।

छनोटमा ६१ पुरुष र ४५ जना महिला खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिख सम्म संचालन हुनेछ ।