पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

असार ७ गते अन्तर्रा्ष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ५ असार । ‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ असार ७ (२१ जुन) गते तेश्रो अन्तराष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाइने भएको छ । 

शिक्षा मन्त्रालय र पतञ्जली योगपीठ नेपालले आज काठमाडौंका गरेको पत्रकार सम्मेलनमा असार ७ गते काठमाडौँको प्रदर्शनीमार्गमा विशेष कार्यक्रमका साथ बिहान ५ बजे प्रधानमन्त्रीको उपस्थितीमा ‘योगाभ्यास’ कार्यक्रम हुने जानकारी दिइयो । 

मुल समारोह समितिका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले त्यस दिन देशभरका विद्यालयमा योग अभ्यासबारे बहस र छलफलका कार्यक्रमसहित योगाभ्यास समेत गरिने बताउनुभयो । 

संयुक्त राष्ट्रसंघले गत वर्षदेखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । 

मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको संख्या बढ्दै गएको छ ।