पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नीति तर्जूमाको काममा राष्ट्र बैंकको तीव्रता

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमाको कामलाई तीव्रता दिएको जनाएको छ । यसै क्रममा नेपाल राष्ट्र बैकलले मंगलवार एक अन्तरक्रिया कार्यकमको आयोजना गरी मैद्रिक नीतिका वारेमा नीजि क्षेत्रको सुझाव संकलन गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा बैकर्सहरुले बैकहरुले गर्ने लगानी तथा कारोबारको व्याजदरमा एकरुपता हुनु पर्ने, ग्रामीण क्षेत्रमा वित्तीय सेवाको पहूच पु¥याउनु सहुलियत दिनु पर्नेमा जोड दिनु भयो भने उद्योगीहरुले निर्यातका लागि प्रोत्साहनका कार्यक्रम ल्याउन र बढ्दो व्यापार घाटालाई कम गर्ने गरी आवश्यक व्यवस्था नीतिमा गर्न सुझाव दिनु भयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरन्जीवी नेपालले नीजि तथा सरकारी सरोकारवाला निकायहरुसँग छलफल तथा परामर्श गरी आगामी मौद्रिक नीति तर्जुमा गरिने बताउनु भयो ।