पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आईडब्लुएफएन कराँतेको उपाधि नेपाललाई

काठमाडौं, ५ असार । प्रथम आई.डब्लु.एफ.एन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो ।

आईडब्लुएफएन कराते डो संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजनामा गरेको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो र १ स्वर्ण जितेको भुटान तेश्रो भएको थियो ।

दुईदिने प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ जना खेलाडीले विभिन्न २९ विधामा प्रतिस्पर्धा गरेका थिए ।