पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छः अध्यक्ष प्रचण्ड

डायलसन अधिकारी, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब तीव्र गतिमा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनु भएको छ ।

नेकपा रुपन्देहीले बडा दशै, तिहार, छठ तथा नेपाल सम्वतका अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले आवश्यक कानून निर्माण पुरा गरी सरकार विकास निर्माणको अभियानमा अगाडी बढेको बताउनुभयो ।

पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले ५ वर्षमा देशलाई सम्वृद्धिको बाटोमा अघि बढाउने र १० वर्षमा एसियाली मापदण्ड भन्दा तीव्र विकास भएको देशमा रुपान्तरण गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले सरकारको कामलाई मुल्याङकन गर्ने समय भइनसकेकाले एक आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदासम्म पर्खिन आग्रह गर्नुभयो ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा पार्टीका प्रदेश इञ्चार्ज शंकर पोखरेलले संक्रमण र अन्यौलतालाई हटाएर २ वर्षमा २ अंकको आर्थिक वृद्धि गर्ने गरी केन्द्रिय र प्रदेश सरकारहरुले काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालको इतिहासमा राम्रो र बलियो बनेको अहिलेको सरकारले देशको बिकास र आर्थिक समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले केही समयमा नै परिवर्तनको महसुश गर्न सक्ने बताउनु भयो ।

पार्टी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेकपाको सरकारले विकास र समृद्धिको नेतृत्व गरेर विश्वमा नयाँ इतिहास कायम गर्ने बताउनु भयो ।

पुर्व सभामुख ओनसरी घर्तीले पार्टीले पाएको अवसरलाई नेतृत्वले राम्रोसँग बुझेर जनतालाई परिवर्तनको प्रत्याभुति दिन सक्नुपर्ने बताउनुभयो ।