पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पार्टी एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छुः सभापति देउवा

काठमाडौँ । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताउनुभएको छ । 

दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउन आफू निरन्तर लागि रहने बताउनुभयो ।  

उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभयो ।