पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वडाध्यक्षमाथि कुटपिट

 

दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पु¥याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।उहाँका अनुसार रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको र सो घटनाबारे अनुसन्धान भइरहेको छ ।