पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्तिपुर मन्दिर जीर्णोद्धार सुरु

काठमाडौँ, २६ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो सम्पदामा ठूलो क्षति भई जोखिम बढेपछि महासमितिले आफ्नो खर्चमा मन्दिर बनाउने भएको हो । स्वयम्भू महाचैत्यदेखि करिब तीन सय मिटरको दूरीमा रहेको सो सम्पदा पुरानो मानिन्छ । त्यसका विभिन्न भागमा चिरा परी भत्कने स्थितिमा पुगेको छ । 

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार अघि बढाइएको हो । उक्त सम्पदामा नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिने महासमितिले जनाएको छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्रचाीन महत्वका अन्य सम्पदा जीर्णोंद्धारका लागि लामो अध्ययन गरेपछि करिब रु चार करोडका लागतमा सो सम्पदा बनाउन लागि