पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धनुषामा बिसीजी सिरिन्ज अभाव

धनुषा । धनुषाका सरकारी स्वास्थ्य संस्थामा तीन महिनादेखी नवजात शिशुलाई लगाउँने बिसीजी खोप लगाउन सिरिन्जको अभाव भएको छ ।

सरकारी स्वास्थ्य संस्थामा बिसीजी खोपको सिरिञ्ज अभाव भएपछि सेवाग्राहीहरु नीजि क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् । 

सरकारी स्वास्थ्य संस्थामा निशूल्क पाइने सिरिन्ज नीजि क्लिनिकमा भने ४ सय रुपैयाँ सम्ममा किन्नु परेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बरंं ८ का प्रमेद राउतले गुनासो गर्नुभयो ।