पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मृत्युको कारण बन्दै मस्तिष्काघात

काठमाडौँ । ‘सहयोग’ भन्ने नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइएको छ । 

एक अध्ययन अनुसार नेपालमा मस्तिष्काघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको छ । 

तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्काघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु हुने गर्दछ । 

विश्वमा हरेक वर्ष १ करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुने र साठी लाखको मृत्यु हुने गर्दछ । छ मध्ये एक जनालाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ । 

यसलाई मृत्युको दोस्रो कारक तत्वका रुपमा लिइने गरिन्छ ।