पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुपोषित बालबालिकालाई स्वास्थ्य सुधार प्रोत्साहन रकम 

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषित बालबालिकालाई प्रोत्साहन स्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ ।

छ महिनादेखि दुई वर्षभित्रका कुपोषित बालबालिकालाई लक्षित गरी एक पटकका लागि पाँच हजार रुपैयाँका दरले स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।