पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्मृति ग्रन्थको लोकार्पण

काठमाडौं । विद्वतशिरोमणि कुलचन्द्र गौतमको जीवनमा आधारित कुलचन्द्र गौतम स्मृति ग्रन्थको आज काठमाडौंमा लोकार्पण गरिएको छ ।

मानवअधिकारबादी डा.गौरीशंकर लाल दासले ग्रन्थको लोकार्पण गर्दै स्व.कुलचन्द्र गौतमको जीवनीबाट अबको पुस्ताले राम्रो पाठ सिक्न पाउने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल, प्राध्यापक दिनेशराज पन्त, कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्न चन्द्र गौतम, महासचिव नारायण प्रसाद गौतम लगायतका वक्ताले पुस्तकले भाषाको विकास र संरक्षणमा सहयोग पुर्याउने बताउनुभयो । 

कुलचन्द्र गौतम स्मृति ग्रन्थमा कुलचन्द्र गौतमको हस्तलिखित पाण्डूलिपिहरु संग्रहित गरिनुका साथै उहाँको व्यक्तित्व र कृतित्वहरु समावेश छन् ।