पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिनियाँ कला प्रदर्शनी शुरु

काठमाडौं । चिनियाँ कला प्रदर्शनी आज काठमाडौंमा शुरु भएको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताउनुभयो । 

तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरूद्वारा ‘क्यालिग्राफी’, प्लादो मोडेलिङ, चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन् ।