पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

काठमाडौँ । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत डा तारानाथ शर्मालाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । 

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उहाँका माता हरिकला लामिछानेले संयुक्त रुपमा पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो । 

ती पुरुस्कारका राशि दुई लाखसहित सम्मानपत्र रहेको छ ।