पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको प्रगति समीक्षा र योजना तर्जुमा बैठक शुरु


असार ५/ तुलसी सापकोटा 
रेडियो नेपालको वाषिर्क चालु आर्थिक बर्षो प्रगती समीक्षा तथा आगामी योजना तर्जुमा तयारी सम्बन्धी तीन दिने बैठक आजदेखि शुरु भएको छ ।
रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरवारमा शुरु भएको बैठकले यस वर्षकार्यान्वयन गरिएका योजना, कार्यान्वयनमा देखिएका समस्या तथा यस क्रममा भएका कामहरुको समीक्षा गर्दै आगामी वर्षो योजना तर्जुमा गरिने बताइएको छ । बैठकको उद्घाटन गर्नुहुदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले छिट्टै सात वटै प्रदेशमा समाचार र कार्यक्रम प्रसारण शुरु गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।  
कार्यकारी निर्देशक कार्कीले दाङ र बर्दिबासलाई निकट भविष्यमा क्षेत्रीय प्रसारण केन्द्रको रुपमा विस्तार गर्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक कार्कीले यस वर्षवनाइएका योजना कार्यान्वयन, त्यसमा देखिएका समस्या र गरेका पहलहरुको समिक्षा गर्दै आगामी वर्षा लागि प्रभावकारी योजनाहरु निर्माण गर्न विभिन्न महाशाखा तथा क्षेत्रीय प्रसारण केन्द्रका प्रमुखहरुलाई दिर्नेशन दिनु भयो ।कार्यकारी निर्देशक कार्कीले कार्यक्रम र समाचारमा सुधार, प्रादेशिक प्रसारणको विस्तार, टेप लाइव्रेरीको सुधार र भौतिक पपूर्वाधार विकास सहितका प्रभावकारी योजना निर्माणमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा रेडियो नेपाल सञ्चलक समितिका सदस्य बमबहादुर कार्कीले रेडियो नेपाल राष्ट्रिय दायित्व बोकेको रेडियो भएकाले सवैलाई समेट्ने गरी योजनाहरु निर्माण र कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नायव कार्यकारी निर्देशक अशोक वास्कोटाले गएको वर्षकार्य योजना अनुसार काम भए नभएको तथ्यागत रुपमा समीक्षा गरी आगामी योजना निर्माण हुनु पर्नेमा जोड दिनुभयो ।अर्का नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेले कर्मचारी, भौतिक पूर्वाधार निर्माण र नीति नियमहरु बीचमा संयोजन हुनेगरी योजना निर्माण र कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।योजना महाशाखाका प्रमुख टंक खत्रीले प्रभावकारी योजना बनाई रेडियो नेपालको विकास र गुणस्तर बृद्धिमा जोड दिनु पर्ने बताउनु भयो ।बैठकमा रेडियो नेपालका विभिन्न महाशाखाका प्रमुखहरु, विभिन्न प्रादेशिक प्रसारण सञ्चालन हुने क्षेत्रीय प्रसारण केन्द्रका प्रमुखहरु, ट्रान्सिमिटिड.स्टेसनका प्रमुखरु तथा विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।   तस्विर : गणेश उप्रेती