पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यात्रुबस दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । सिन्धुली र नुवाकोटमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–८ बस्ने २८ वर्षीय रबि भण्डारीको घटनास्थलमै र चालक र सहचालक दाजुभाई राजकुमार लामा र अमित लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी रामेश्वर यादवले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार पाँचजना घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।