पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वचालित पेस्तोल सहित ६ जना पक्राउ

रौतहट । रौतहटको परोह नगरपालिका–८ मा प्रहरीले एक थान स्वचालित पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ । 

जाँच गर्ने क्रममा पेस्तोल भेटिएपछि प्रहरीले धनुषा फुलबारी गाउँपालिका–१ का रोहित साह, काभ्रे तिमालका मनोक तमाङ, भारत बिहार मोतिहारीका कमल साह, भारत बिहार घोडासान श्रीपुरका राकेश पासवान, संजिब पासवान र अवधेश कुमार चौरसियालाई हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

उनीहरुको साथबाट प्रहरीले ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।