पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएन विश्व विज्ञ सम्मेलन शुरु

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको पहिलो ‘विश्व विज्ञ सम्मेलन’ आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सम्मेलनको उद्घाटन गर्नुभयो ।

विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा परराष्ट्रविद्, नीति निर्माता, विज्ञ लगायत निजीक्षेत्रको समेत गरी करिव ३५० जना प्रतिनिधिहरुको सहभागिता रहेको एनआरएनएले जनाएको छ ।