पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मौलिक हक व्यवहारमा ल्याउन चुनौतीः अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कागजमा लेखिएका मौलिक हकलाई व्यवहारमा रुपान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ । 

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले लामो समयदेखि प्रयोगमा आइरहेका ऐन कानूनबाट अभ्यस्त भएको समाजमा नयाँ स्वरुपमा आएका मौलिक हकलाई अपनाउनु चुनौती भएको बताउनुभयो । 

उहाँले १६ वटा मौलिक हकलाई पूर्णरुपमा कार्यान्वयनमा आएपछि मात्र नागरिकलाई लोकतन्त्र आएको प्रत्याभूति हुने बताउनुयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बढीभन्दा बढी संख्यामा बाह्य पर्यटकलाई भित्त्र्याउने गरी राज्यले काम गरिरहेको बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्र विश्वकै नमूना गन्तव्यस्थलका रुपमा नेपाललाई विकास गरिने दाबीसमेत गर्नुभयो ।