पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बजार अनुगमन तीव्रः मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले बधशाला राम्रो र सफा नभएकाले बजार अनुगमनलाई तीब्र बनाइएको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री खनालले उपत्यकाका करिब ३ सय बधशालाहरुमा अनुगमन गर्दा केही बधशाला दुषित पाइएको र त्यहाँबाट किटाणुयुक्त मासु विक्री गरिरहेको पाइएकाले नियन्त्रणका लागि मन्त्रालयले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले अनुगमनका गरिएको ४ वटा बधशालामा खानलायक मासु नभएकाले बन्द गराएको र ५ वटामा अनुसन्धान भइरहेको बताउनुभयो ।

मन्त्री खनालले अनुगमनपछि पानी र दुधको गुणस्तरमा ९० प्रतिशत सुधार भएकोे र त्यसको  नियमनलाई समेत निरन्तरता दिएको प्रष्ट पार्नुभयो ।

मन्त्रालयले १ वर्षे खाद्य सुरक्षा अभियान सञ्चालन गरी ४ वटा मोबाइल भ्यानबाट बजारको निरन्तर निगरानी गरिरहेको छ ।