पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारलाई असफल बनाउने षड्यन्त्रः अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । 

नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गर्नुभयो । 

उहाँले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिनुभयो । 

अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उहाँले उल्लेख गर्नुभयो । 

अध्यक्ष प्रचण्डलले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि सम्बन्धित स्थलमै गएर काम गर्ने समझदारी भएको पनि बताउनुभयो ।