पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

४० प्रतिशत रकम पूर्वाधार निर्माणमाः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष छ अर्ब रुपैयाँ खर्च गर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरी–४ हलगाँडामा बोल्नुहुँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिनुभयो  ।
 
मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा आगामी हिउँदे अधिवेशनबाट तय गरिने जानकारी दिनुभयो ।