पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ वर्षमा सुकुम्बासी समस्याको अन्त्यः मन्त्री अर्याल

कला राना, स्याङजा । भूमि वयवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले पाँच वर्ष भित्रमा सुकुम्बासी समस्या अन्त्य हुने बताउनुभएको छ । 

आज स्याङजाको वालिङमा मालपोत कार्यालयको भवन शिलान्यास तथा अनलाईन सेवाको शुरुवात गर्नुहुँदै मन्त्री अर्यालले भूमि ऐन संशोधन गर्ने, मालपोत कार्यालयमा रहेका लिखतहरु डिजिटलाइजेसन गरी जग्गाको सुरक्षा गर्ने लगायतका कार्यहरु तत्काल हुने बताउनुभयो ।