पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अधिकार कार्यान्वयन हुन सकेनः सभापति देउवा

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी भए पनि संविधानले दिएका पूरै अधिकार अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, चितवनद्वारा आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण भएकोमा जोड दिनुभयो । 

काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले कुनैपनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभयो । 

त्यस अवसरमा ५१ हजार १५१ रुपैयाँ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो ।