पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पार्टीलाई एकताको सुत्रमा बाँध्न आवश्यकः नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताउनुभएको छ । 

काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको बताउनुभयो । 

नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाइ थियो ।