पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आवास अनुदान रकम बुझ्ने समयसीमा थप

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । 

प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो । 

२०७५ असार मसान्तको पहिलो किस्ता लिन बाँकी लाभग्राहीलाई आगामी पुस मसान्तसम्म समयावधि थप गरिएको छ । 

त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।