पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको वातावरणीय गीत गिनिज बुकमा दर्ता

काठमाडौं । नेपालको वातावरणीय गीत विश्व रेर्कडका रुपमा गिनिज बुकमा दर्ता भएको छ ।

नेपालका ३ सय ६५ जना गायक गायिकाले एक साथ गाएको ‘जोगाऔं माटो, जल, जमिन, जंगलः यही हो हाम्रो धन नयाँ नेपालको’ भन्ने वातावरणीय गीतले वल्र्ड रेकर्ड कायम गरेको हो । 

वातावरणीय गीत रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

विश्व रेडर्क राख्न सफल गीतका गायक तथा गायिकाहरुलाई आज काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले रेकर्डबाट नेपालको नाम, सान र प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा बढेको बताउनु भयो ।