पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वातावरणीय पक्षलाई ध्यान दिनुपर्नेमा जोड

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा वातावरणीय पक्षलाई ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

विमानस्थलको अध्ययनका लागि संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको उपसमितिले आज सिंहदरबारमा गरेको छलफलमा सरोकारवालाहरुले विमानस्थल निर्माणका लागि रुख कटान गर्दा जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन । 

पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयोजक रहनु भएको  उपसमितिको छलफलमा सरकारको तर्फबाट प्रस्तुत प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा पहिलो चरणमा ३० लाख २ हजार २ सय ४८ रुख कटान गर्नुपर्ने उल्लेख गरिएको छ ।

बैठकमा वन तथ वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल निर्माणका लागि आवश्यक रुख मात्रै कटान गरिने र त्यसकै अनुपातमा वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

पूर्व प्रधानमन्त्री एवं उपसमितिका संयोजक नेपालले निजगढ विमानस्थल निर्माण गर्दा नजिकका बस्ती हटाउने, त्यहाँ रहेका खोलाको व्यवस्थापन प्रभावकारी रुपमा गर्नुपर्ने, वातावरणमैत्री पूर्वाधार विकास गनुपर्ने र आवश्यक संख्यामा मात्रै रुख कटान गरिनुपर्नेमा जोड दिनुभयो ।