पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनमुखी प्रशासन आजको आवश्यताः सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ । 

प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले द्वन्दमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने जानकारी दिनुभयो ।