प्रहरीलाई नागरिकमुखी बन्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई नागरिकमुखी बन्न निर्देशन दिनु भएको छ ।
६३ औ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यलय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले सरकारले अघि सारेको समृद्धिको पहिलो आधार शान्ति सुरक्षा भएकाले यस अभियानमा प्रहरीको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
उहाँले नेपाल प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउन सरकारले ध्यान दिएको बताउनुभयो । सीमित श्रोत र साधनका बीच प्रहरीले आन्तरिक सुरक्षामा खेलेको भूमिकाको प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री ओलीले यस वर्षको लाईफ टाईम अचिभमेन्ट अवार्डबाट पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमर सिंह शाहलाई सम्मान गर्नूभयो ।
प्रधानमन्त्री ओलीले यस वर्ष वीरगति प्राप्त गर्नू भएका १० जना वीर प्रहरीका परिवारलाई कदर पत्र समेत प्रदान गर्नु भयो ।
समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सम्पुर्ण समाज लाग्नुपर्ने बताउनु भयो ।