पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल शुक्रबार सिंगापुरसँग खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी आइसीसी विश्व टी २० एशिया छनोटको समूह बी अन्तर्गतको अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्दैछ ।

अहिले सम्मका सबै ५ वटा खेल जितेर नेपाल १० अङ्क सहित शीर्ष स्थानमा रहेको छ । नेपालले अहिले सम्मका पाँच वटा खेलमा निकै कमजोर प्रतिद्वन्दी परेका कारण सहज रुपमा जित्दै आएको छ ।

सिंगापुरले पनि सबै पाँच खेल जितेकाले नेपाललाई यो खेल केही कठिन हुने सम्भावना देखिन्छ ।

नेपाल र सिंगापुरको समान १० अङ्क रहे पनि नेट रनरेटका आधारमा सिंगापुर दोस्रो स्थानमा रहेको छ ।

नेपाल र सिंगापुरले अहिले सम्म थाईल्याण्ड, भुटान, चीन र मियानमारलाई पराजित गर्दै आ–आफ्नो अविजित यात्रा जारी राखेका छन् ।

प्रतियोगिताको शीर्ष तीन राष्ट्र एशियाली छनोटमा सहभागी हुने प्रावधान अनुसार नेपाल र सिंगापुर छनोट भईसकेका छन् ।

यस प्रकारको खेलमा सहज जित हात पार्दै उत्साह मनाए पनि यस पछिका कडा चुनौतीको सामना गर्नका लागि नेपाल तयार छ कि छैन त्यो नै नेपाली खेल जगत र क्रिकेट प्रेमीहरुको मूख्य चासोको विषय रहेको छ ।