पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए डिभिजन लिग फुटबलः पुलिस र थ्री स्टार क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले जाउलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल पुलिस क्लबका लागि एक मात्र निर्णायक गोल खेलको ३२ औँ मिनेटमा अजित भण्डारीले गरेका थिए ।

एन्फा मैदानमा त्यसअघि भएको पहिलो खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यो जीतसँगै थ्री स्टारले लिग तालिकामा तीन अङ्क जोड्दै शीर्ष स्थान ओगटेको छ । थ्री स्टारको जितका लागि रञ्जन विष्ट र बुद्ध चेम्जोङले १–१ गोल गरेका थिए ।

विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काए पनि फ्रेण्ड्स क्लबले बराबरी भने गर्न भ्याएन ।

शुक्रबारको पहिलो खेल हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ क्लबका बीच हुनेछ भने दोस्रो खेल ब्रिगेड ब्वाईज क्लब र मनाङ्ग मर्स्याङदी क्लबबीच हुनेछ ।

शुक्रबारका खेल पछि सहिद स्मारक ए डिभिजन लिग फेरि दशैँका लागि केही दिन रोकिने छ ।