पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आठौँ खुल्ला फेवाताल पौडी प्रतियोगिता हुने

कास्की । पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको २.५ किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् । पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ ।