पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

radionepal

केन्या । चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ । 

धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ मोबाइल फोन लोकप्रिय भएको बताइएको छ । 

ती मोबाइल फोनहरूमा रेडियो सुन्न मिल्ने, अध्याँरोमा बत्ती बाल्न मिल्ने, सामान्य फोटो खिच्न मिल्ने, इन्टरनेट चलाउन मिल्नेलगायतका सुविधा रहेका छन् । 

ग्रामीण क्षेत्रमा फेरो, छि तिगी, छिङलगायतका नामका मोबाइल फोनहरूबाट सर्वसाधारण पर्याप्त परिचित छन् । 

यी मोबाइल फोनहरू ८ देखि २५ अमेरिकी डलर सम्ममा पाइने र त्यो गाँउलेहरूको आम्दानी सुहाउँदो भएको समाचारमा जनाइएको छ । 

केन्याका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी न्यून रहेको छ । त्यसैले उनीहरूमध्ये अधिकाँशले महङ्गो पर्ने मोबाइल फोनहरू भने नकिन्ने गरेको अधिकारीहरूले बताइएका छन् ।