पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाँच वर्ष सरकार चल्न व्यवधान छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । 

अध्यक्ष ‘प्रचण्ड’ ले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको बताउनुभयो ।

आज काठमाडौमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट गर्नुभयो । 

अध्यक्ष ‘प्रचण्ड’ ले आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको र आजैदेखि त्यहाँ नियमित उडान शुरु गरिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा भएकाले यो असफल हुन नहुनेमा जोड दिनुभयो ।