पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रसियामा काम लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । रसिया लगेर काम लगाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाले हालसम्म ३९ पीडितबाट ५४ लाख ११ हजार रुपैयाँभन्दा रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्यूरोले जनाएको छ । 

पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् ।