पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्ति सुरक्षा नहुँदा आपराधिक घटनामा वृद्धिः नेता सिटौला

विराटनगर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ । 

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन र गलत कार्यको सदैव विरोध गर्ने बताउनुभयो ।