पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बीपीको समाजवादलाई विस्तार गर्नुपर्छः महामन्त्री कोईराला

स्याङजा । नेपाली काङ्गे्रसका महामन्त्री डा. शशाङ्क कोइरालाले बीपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ । 

स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको धारणा राख्नुभयो । 

महामन्त्री डा. कोइरालाले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाउनुभयो ।