पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला भलिबलः एपीएफद्वारा आर्मी पराजित

बागलुङ । बागलुङ जिल्लाको गलकोटमा जारी २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको बुधबार भएको खेलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई कडा प्रतिस्पर्धा पछि ३–२ को सेटमा पराजित गरेको छ ।

१८–२५ ले पहिलो सेट गुमाए पनि नेपाल ए पी एफ ले बाँकी सेट २५–१८ र २५–१९ ले जितेको थियो ।

यो जितसँगै नेपाल एपीएफ क्लब सेमिफाईनलको यात्रा पनि तय गर्न सफल भएको छ ।