पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

च्यासल र मच्छिन्द्र क्लब बराबरीमा रोकिए

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबबीच एन्फा मैदान सातदोबाटोमा भएको खेल गोल रहित बराबरीमा सम्पन्न भएको छ ।

बंगालदेशमा भर्खरै सम्पन्न बंगबन्धु गोल्ड कप फुटबलका कारण केही दिन रोकिएको सहिद स्मारक ए डिभिजन लिग बुधबार देखि फेरि सञ्चालनमा आएको हो ।

लिग अन्तर्गत बिहीबारको पहिलो खेल फ्रेन्डस् क्लब र थ्री स्टार क्लबबीच र दोस्रो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।