पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको लगातार पाचौं जित

काठमाडौं । नेपालले मलेसियामा जारी आइ.सी.सी. विश्व टी २० एशिया छनोटमा लगातार पाँचौ जित हात पारेको छ ।

मलेसियाको क्वालालम्पूरमा बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

यस भन्दा अघिको चौथो खेलमा विजयी हुँदै नेपालले एशिया छनोटमा स्थान सुरक्षित पारिसकेको थियो ।

बुधबारको खेलमा पहिलो ब्याटिङ्ग गरेको चीनलाई नेपालले १३ ओभरमा मात्र २६ रनमा रोकेको थियो ।

नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी र वसन्त रेग्मीले समान ३ विकेट लिए ।

नेपालले मात्र १.५ ओभरमा विजयी लक्ष्य प्राप्त गर्यो ।

यो खेलको म्यान अफ दि म्याच घोषित भएका सन्दीप लामिछानेले अहिले सम्मका ५ खेलमा प्रतियोगिताको सर्वाधिक २० विकेट लिईसकेका छन् ।

नेपालको अन्तिम खेल यही शुक्रबार सिंगापुरसँग हुनेछ ।