पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ अर्ब ६० लाखको मदिरा र जुस भित्रियो

वीरगञ्ज । दशै तिहार जस्ता चाडपर्व भित्रिने क्रमसँगै वीरगञ्ज भन्सार कार्यालय तथा सिर्सिया सुख्खा बन्दरगाहबाट २ अर्ब ६० लाख ७८ हजार मुल्य बराबरको विदेशी मदिरा र शक्तिवर्धक जूस भित्रिएको छ ।

तेस्रो मुलुकमा उत्पादित मदिरा तथा शक्तिवर्धक जूसको आयात चाडवाड भित्रिने क्रम शुरु भएसँगै बढेको वीरगञ्ज भन्सार तथा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्ममा वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मात्रै १ अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार ७ सय ३३ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भएको छ ।

वीरगञ्ज नाका हुँदै नेपाल भित्रने मदिरा र इनर्जी ड्रिङक्स, तेश्रो मुलुकबाट आयात हुने गरेको सिर्सिया सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख सुर्य सेढाँइले बताउनु भयो ।

ईनर्जी ड्रिङ्क्स थाइल्याण्ड र भियतनामबाट आयात हुने गरेको छ भने मदिरामा वाइन स्पेन र अष्ट्रोलियाबाट, बियर स्पेन, ब्राजिल, बेलायत, थाइल्याण्ड र स्कटल्याण्डबाट तथा ह्वीस्की, भोड्का, रम र जीन भने अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्कटल्याण्ड र चीनबाट आयात हुने गरेको छ ।