पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।

क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएका सांसद ब्रेड ट्रोस्टसँग बुधवार भएको भेटमा उर्जा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनेकोले नेपालमा लगानी प्रवाहका लागि क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गर्नुभयो ।

उहाँले दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुने धारणा राख्नुभयो ।

क्नाडाका निजी क्षेत्रका प्रतिनिधिमण्डललाई लिएर आउनुभएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे चासो राख्नुभएको उर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।