पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाणिज्य बैंकद्वारा गाडी कर्जा सेवाको शुभारम्भ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा सेवाको शुभारम्भ गरेको जनाएको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख मध्ये जुन कम हुन्छ सो रकम बराबर कर्जा लगानी गरिने छ । कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ ।

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्तसम्म मात्र लागु हुने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यस्तो कर्जाका लागि निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने र त्यस्तो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने पनि राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।